होमपेज > प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले साधारण सेयर जारी गर्दै

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले साधारण सेयर जारी गर्दै

बिज्ञापन
बिज्ञापन

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले साधारण सेयर जारी गर्नै भएको छ । कम्पनीले सर्वसाधारणहरुलाई जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता साधारण सेयरको प्रति सेयर अङ्कित मूल्य १ सय रुपैयाँका दरले कुल २२ करोड ५० लाखको खरीद प्रत्याभुति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ तथा नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

बिज्ञापन

आज एक कार्यक्रमका बिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले उक्त सेयर प्रत्याभुित प्रदान गर्ने सम्बन्धि त्रिपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

बिज्ञापन

नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको धनगढीमा मुख्य कार्यालय रही सञ्चालनमा आएको लघु निर्जीवन बीमा कम्पनी हो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते