होमपेज > गोदाममा रहेको एक लाख २० हजार केजी चिनी सिलबन्दी

गोदाममा रहेको एक लाख २० हजार केजी चिनी सिलबन्दी

बिज्ञापन
बिज्ञापन

रानी सतीको नेकाप स्थित गोदाममा रहेको एक लाख २० हजार केजी चिनी सिलबन्दी गरेको छ । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न कम्पनीबाट आएका चीनीको मूल्य फरक फरक भएको पाएपछि अनुसन्धानका लागि गोदाममा शिलबन्दी गरेको हो ।

बिज्ञापन

इन्दु शंकर चिनी उद्योग हरिवन, सर्लाहीबाट उत्पादन वर्ष २०८०/८१ मा उत्पादित राज हंस ब्रान्डको चिनीमा फरक फरक बोरा मा फरक फरक खुद्रा मूल्य उल्लेख भएको पाएको विभागले जनाएको छ। कुनै बोरामा ५७५० रुपैयाँ उल्लेख छ कुनैमा ६००० रुपैयाँ उल्लेख भएको भेटिएको विभागले जनाएको छ । रानी सती इन्टरनेशनलको नेकाप स्थित गोदामबाट चिनी खरिद गर्न आएको गाडी चेक जाँच गर्दा सो गाडीमा यस सप्लायर्स, कुलेश्वरले जारी गरेको बिक्री बिल भेटिएको विभागले जनाएको छ । त्यस्तै, रानी सतीले यस सप्लायर्सलाई चिनी बेचेको र गौतम स्वीटको नाममा बिल जारी गरेको देखिएको विभागले जनाएको छ । सो कार्य मूल्य वृद्धि गर्ने आशयले गरिएको हो की भन्ने आशङ्का लागेको हुँदा थप यकिन र अनुसन्धान गर्न चिनी सिलबन्दी गरेको विभागले जनाएको छ ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते