होमपेज > ह्वातै बढ्यो अन्डाको मूल्य, प्रतिक्रेट कति पुग्यो?

ह्वातै बढ्यो अन्डाको मूल्य, प्रतिक्रेट कति पुग्यो?

बिज्ञापन
बिज्ञापन

पाँच दिनअघि बढेको अन्डाको मूल्य भदौँ १४ गते शुक्रबारदेखि लागु हुने गरी फेरि बढाइएको छ ।

बिज्ञापन

नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो । लेयर्स संघको बिहीबार बसेको भौतिक र भर्चुअल बैठकले चितवनलाई आधार मानेर अन्डाको समर्थन मूल्य तोकेको हो । अब मध्यम अन्डाको मूल्य प्रतिक्रेट ४ सय ३५, ठूलो अन्डा प्रतिक्रेट ५ सय १० र एक्सएल अन्डा प्रतिक्रेट ५ सय २५ रुपैयाँ तय भएको छ । यसअघि ८ भदौमा एक्सएल अन्डाको मूल्य प्रतिक्रेट पाँच रुपैयाँ, ठूलो र मध्यमको १० रुपैयाँले बढाएर एक्सएल अन्डा प्रतिक्रेट (३० वटाको) ५ सय ५ तय गरेको थियो ।

बिज्ञापन

यस्तै ठूलो अन्डा ४ सय ९५ रुपैयाँ र मध्यम अन्डाको मूल्य ४ सय २५ रुपैयाँ तोकिएको हो । यस अघि भदौँ ८ गते शनिबार माग बढेको भन्दै अण्डा प्रतिक्रेट (३० वटाको) रु पाँच सय पाँच तय गरिएको थियो । त्यस समयमा ठूलो अण्डा रु चार सय ९५ र मध्यम अण्डाको मूल्य रु चार सय २५ तोकिएको थियो । यस्तै, भदौँ २ गते आइतबार भने अण्डाको मूल्य घटाइएको थियो । उक्त समयमा ठुलो साइजको अण्डा प्रतिक्रेट २० र मध्यम साइजको ३० रुपैयाँले घटाइएको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते