होमपेज > थारू महिलाका लागि स्नान गर्न ४ ठाउँमा घाट निर्माण गरिँदै

थारू महिलाका लागि स्नान गर्न ४ ठाउँमा घाट निर्माण गरिँदै

बिज्ञापन
बिज्ञापन

कृष्णपुर नगरपालिका–६ मा थारु समुदायका महिलाहरुलाई स्नान गर्नका लागि चार ठाउँमा घटुवा(घाट) निर्माण गरिने भएको छ ।

बिज्ञापन

बलुवा नदीका चार ठाउँमा व्यवस्थित तरिकाले घाट निर्माण गर्नका लागि नगरपालिकाले बजेट विनियोजन गरेको छ । थारु समुदायमा अन्तिम संस्कार(दाहसंस्कार) का लागि मलामी गइसकेपछि नदीमा महिलाले सामूहिक रुपमा स्नान गर्ने चलन रहेको छ । नदीको खुला ठाउँमा महिलाले स्नान गर्नुपर्ने र लुगा फेर्नुपर्ने अवस्था रहेकाले त्यसलाई व्यवस्थित गर्नका लागि घाट निर्माण गर्न लागिएको वडाध्यक्ष बाबुराम चौधरीले बताउनुभयो ।

बिज्ञापन

“बन्जरीया, सिंहपुर, बालुवाफाँटा, सिंहपुर राना टोलमा घाट निर्माण गर्नका लागि योजना अघि सारेका छौं”, उहाँले भन्नुभयो, “नगरपालिकाले प्रत्येक घाट निर्माणका लागि रु दुई लाखका दरले बजेट विनियोजन गरेको छ, घाट निर्माण गर्न त्यस बजेटले नपुग्ने भएकाले थप बजेटका लागि नगरपालिकामा छलफल चलाएका छौं ।” सामुदायिक वनहरुसँगको लागत साझेदारीमा घाट निर्माणका लागि सहकार्य र छफल पनि भइरहेको उहाँले उल्लेख गर्नुभयो । एक घाट निर्माणका लागि कम्तीमा रु पाँच लाख जतिको खर्च लाग्ने उहाँको भनाइ छ ।

उहाँका अनुसार घाटमा खुटकिलासँगै महिलालाई लुगा फेर्ने व्यवथित कोठा निर्माण लगायतको कार्य हुनेछ । वर्षातको समय सकिएपछि घाट निर्माणको कार्य प्रारम्भ हुने बताइएको छ । महाकाली सामुदायिक वनका अध्यक्ष विरबहादुर राजवंशीले वनको आयले भ्याउनेसम्मको लागत साझेदारीमा सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । घाट निर्माणले महिलालाई खुला ठाउँमा लुगा फेर्नुपर्ने बाध्यताबाट छुटकारा मिल्ने उहाँले उल्लेख गर्नुभयो । यसैगरी वडा कार्यालयले वडाका आठ ठाउँमा थारु समुदायको भुइयाँरी( देउथान) निर्माणको कार्य अगाडि बढाएको छ । आठ वटै देउथानका लागि रु ३५ लाख बढी रकम खर्च गरिएको वडाध्यक्ष चौधरीले बताउनुभयो । “केहीको निर्माण कार्य पुरा भएको छ”, उहाँले भन्नुभयो, “केही निर्माण पुरा हुने चरणमा रहेका छन ।”

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते