१० अर्ब रुपैयाँको एनआरएन नेपाल डेभलभमेन्ट फन्ड यही महिनाबाट कार्यान्वयनमा ल्याइने भएको छ ।
बिज्ञापन
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली संघ अध्यक्ष डा. बद्री केसी, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो लगायतबीच अर्थ मन्त्रालयमा भएको छलफलले यस्तो सहमति जुटाएको हो । भदौ तेस्रो साताभित्र डेभलपमेन्ट फन्ड सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया पूरा गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ । नेपाल सरकारको समन्वय तथा सहकार्य र गैरआवासीय नेपाली संघको अग्रसरतामा नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको हो । एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेडमा नेपाल सरकारको ५ प्रतिशत र गैरआवासीय नेपालीको ९५ प्रतिशत लगानी हुनेछ ।








