निर्देशक दीपेन्द्र के खनालको आगामी फिल्म ‘घर नम्बर २’ को मुख्य अभिनेत्रीमा केकी अधिकारी र उपासनासिंह ठकुरी अनुबन्धित भएका छन् । यो फिल्म ‘के घर के डेरा’को दोस्रो श्रृंखला हो ।
बिज्ञापन
दुवै अभिनेत्रीसँग निर्माताले लिखित सम्झौता गरेको जनाइएको छ । गत वैशाखमा ‘बोक्सीको घर’ सुपरहिट भएपछि केकीले होम प्रोडक्सन बाहिरको फिल्ममा पहिलोपटक काम गर्न लागेकी हुन् । ‘खुस्मा’को छायांकन सकिएपछि उपासनाको यो नयाँ फिल्म हुनेछ । यसअघि यो फिल्ममा अभिनेता खगेन्द्र लामिछाने, निश्चल बस्नेत र आर्यन सिग्देल अनुबन्धित भइसकेका छन् ।
बिज्ञापन
यो सोसल ड्रामाको छायांकन साउन २५ गतेदेखि सुरु हुने जनाइएको छ । बुद्धिसागरले लेखेको कथामाथि खनालले निर्देशन गर्न लागेका हुन् । छायांकन काठमाडौंमा गर्ने तयारी छ ।








