होमपेज > चर्का भाषण गर्ने सांसद र मन्त्री नै मान्दैनन् कानुन, २४ सय ३५ नेतालाई जनही १५ हजार रुपैयाँ जरिवाना

चर्का भाषण गर्ने सांसद र मन्त्री नै मान्दैनन् कानुन, २४ सय ३५ नेतालाई जनही १५ हजार रुपैयाँ जरिवाना

बिज्ञापन
बिज्ञापन

निर्वाचन आयोगले गत मङ्सिर चार गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने दुई हजार ४३५ उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

बिज्ञापन

निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिएबमोजिमको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ । तर, उक्त व्यवस्था नमानी निर्वाचनमा भएको खर्चको हिसाबकिताब नबुझाउने उम्मेदवारको नाम सार्वजनिक गरिएको हो ।

बिज्ञापन

मङ्गलवार आयोगले खर्च विवरण नबुझाउने प्रतिनिधिसभाका एक हजार ३७ र प्रदेशसभातर्फका एक हजार ३९८ गरी दुई हजार ४३५ उम्मेदवारलाई जनही १५/१५ हजार रुपैयाँ जरिवाना पनि तोकेको छ । साथै एक हप्ता दिनभित्र खर्च विवरण सार्वजनिक गरी आयोगलाई जानकारी गराउन आयोगले निर्देशन दिएको छ ।

मन्त्रीले पनि बुझाएनन् खर्च
खर्च विवरण नबुझाउनेमा बहालवाला मन्त्री, सांसददेखि पार्टीका जिम्मेवार पदाधिकारीहरूसम्म छन् । खर्च विवरण नबुझाउनेहरूको सूचीमा सङ्घीय सरकारका तीन मन्त्रीको नाम छ ।

बिज्ञापन

कञ्चनपुर–२ बाट निर्वाचन जितेर हाल परराष्ट्र मन्त्री रहेका काँग्रेसका नारायण प्रकाश (एनपी) साउद, लोसपाबाट महोत्तरी–२ मा निर्वाचन जितेका श्रममन्त्री शरतसिंह भण्डारी र माओवादी केन्द्रबाट सर्लाही–३ मा निर्वचन जितेका खानेपानीमन्त्री महिन्द्रराय यादवसमेत छन् ।

खर्च नबुझाउने सांसद
प्रतिनिधिसभा सदस्य १० जनाले निर्वाचन खर्च विवरण बुझाएका छैनन् । खर्च विवरण सार्वजनिक नगर्ने सूचीमा नेपाली कांग्रेसका महामन्त्री रहेका काठमाडौँ–४ का सांसद गगन थापा, कञ्चनपुर–३ का सांसद तथा कांग्रेस प्रमुख सचेतक रमेश लेखक, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौँ–२ का सांसद सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले पनि खर्च विवरण बुझाएका छैनन् ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, रौटहट– ३ का सांसद प्रभु साह, काठमाडौँ-८ बाट निर्वाचित रास्वपा सांसद विराजभक्त श्रेष्ठले पनि खर्च विवरण बुझाएका छैनन् ।

त्यस्तै बारा-१ का एमाले सांसद लक्ष्मी कोइरी महत्तो पनि खर्च विवरण नबुझाउनको सूचीमा छन् । २०७७ सालमा जनकपुर उच्च अदालतले फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार कोइरीले महोत्तरी १ बाट जितेका थिए । अहिले पनि उनी फरार रहेका छन् ।

विवरण नबुझाउने अरु उम्मेदवार
चुनाव हार्नेहरूमा काठमाडौँ–२ माओवादीका नेता तथा पूर्वसभामुख ओनसरी घर्ती, माओवादी केन्द्रकै उपाध्यक्ष पूर्वमन्त्री पम्फा भुसाल ( ललितपुर–२), उपमहासचिव तथा पूर्वमन्त्री गिरीराजमणि पोखरेल (महोत्तरी–१) एमाले नेता तथा कोसी प्रदेशमा पूर्वमुख्यमन्त्री शेरधन राई (भोजपुर) र सुनसरी–३ का काँग्रेसका उम्मेदवार विजयकुरमा गच्छदारले पनि खर्च विवरण बुझाएका छैनन् ।

त्यसैगरी राप्रपाका रवीन्द्र मिश्र (काठमाडौँ–१) सुशान पार्टीका रमेश खरेल (काठमाडौँ–१, हाल रास्वपा), कांग्रेस भीमसेनदास प्रधान (कांठमाडौं–६) एमालेका राजन भट्टराई (काठमाडौँ–४), एमालेकै सवेन्द्र खनाल (काठमाडौँ–६) र एमालेकै अर्का उम्मेदवार किरण पौडेलले खर्च विवरण बुझाएका छैनन् ।

काँग्रेसका माकान्त चौधरी (बारा–१), पूर्वमन्त्री हृदयेश त्रिपाठी, राप्रपाका रेखा थापा (मोरङ–३) रास्वपाका गोमा तामाङ (सुनसरी–१), स्वतन्त्र उम्मेदवार खुस्वु ओली (झापा–४) जसपाका प्रदीप यादव (पर्सा–१) एमालेका उमाशंकर अगरिया (धनुषा–२) र एमालेकै जालीम मिँया मन्सुरी (पर्सा–४) ले पनि खर्च बुझाएका छैनन् ।

काठमाडौँ–५ का स्वतन्त्र उम्मेदवार हेमराज थापा, काठमाडौँ–८ का सुमन सायमी, काठमाडौँ–९ का साझा पार्टीका मिलन पाण्डे खर्च विवरण नबुझाउने सूचीमा छ ।

मुलुकमा सुशासन र कानुन पालनादेखि समग्र विकृतिहरू सुधारको प्रतिबद्धतासहित निर्वाचनमा होमिएका र जितेर आएका नेताहरूले चुनावपछि भने आफ्नै प्रतिबद्धता बिर्सेका छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते