आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २ सय ९९ रूपैयाँले घटेको हो । सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको १ लाख ४९ हजार ७०० मा कारोबार भइरहेको छ । शुक्रबार सो सुन तोलाको १ लाख ४९ हजार ९९९ मा कारोबार भएको थियो ।
बिज्ञापन
यस्तै तेजावी सुन तोलाको १ लाख ३७ हजार ७२५ मा कारोबार भइरहेको छ । शुक्रबार सो सुन तोलाको एक लाख ३७ हजार ९१० मा कारोबार भएको थियो ।
बिज्ञापन
यता चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १ हजार ७८५ मा कारोबार भइरहेको छ । शुक्रबार १ हजार ७९५ मा कारोबार भएको थियो ।








