होमपेज > आइफोन १६ को सिरिज सार्वजनिक हुँदै, यस्ता हुनेछन् नयाँ फिचरहरू!

आइफोन १६ को सिरिज सार्वजनिक हुँदै, यस्ता हुनेछन् नयाँ फिचरहरू!

बिज्ञापन
बिज्ञापन

एप्पलले आगामी सेप्टेम्बरमा आइफोन १६ को सिरिज सार्वजनिक गर्दैछ।

बिज्ञापन

कम्पनीले यसबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन। तर, आइफोन ५ देखि कम्पनीले हरेक वर्षको सेप्टेम्बरमा आफ्नो फ्ल्यागशीप आइफोन सार्वजनिक गर्दै आएको छ। त्यसैले सन् २०२४ मा पनि नयाँ सिरिज सार्वजनिक हुने अनुमान छ।

बिज्ञापन

कम्पनीले आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्स सार्वजनिक गर्ने अनुमान छ। एप्पलले आइफोन १६ को सिरिजका मोडलमा थुप्रै नयाँ फिचरहरू थप गर्ने अफवाह छ।

के हुनेछ खास ?

बिज्ञापन

हालै आइफोन १६ सिरिजको एउटा डमी तस्वीर सार्वजनिक भएको छ । आइफोन १६ मा एप्पलले एक्सन बटन राख्नेछ, जुन फिचर आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्समा उपलब्ध छ । यसका अलावा फोनको दायाँ भागमा क्याप्चर बटन पनि हुने बताइएको छ ।

यसमा प्रयोगकर्तालाई जूम गर्ने फिचर पनि उपलब्ध हुनसक्नेछ । आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्सको स्क्रिन साइज चाहीँ आइफोन १६ र आइफोन १६ प्लसभन्दा ठूलो हुनसक्नेछ।

चिनिया सोसल मिडिया प्लाटफर्म विबोमा एकजना टिप्स्टरले आगामी आइफोन १६ सिरिजको ब्याट्रीको विवरण पनि सार्वजनिक गरिदिएका छन् । जस अनुसार आइफोन १६ मा ३५६१ मिलिएम्पियर आवर क्षमताको ब्याट्री उपलब्ध हुनेछ । त्यस्तै प्लस भेरिएन्टमा ४००६ मिलिएम्पियर आवर र आइफोन १६प्रोमा ३३५५ मिलिएम्पियर आवर क्षमताको ब्याट्री रहनेछ। आइफोन १६ प्रो म्याक्समा चाहीँ ४६७६ मिलिएम्पियर आवर क्षमताको ब्याट्री हुने बताइएको छ । त्यसैले आइफोन १५ को तुलनामा आइफोन १६ मा शक्तिशाली ब्याट्री रहनेछ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते