होमपेज > नेपालबाट चीन र भारततर्फको निर्यातमा वृद्धि, कुन-कुन वस्तु निर्यात हुन्छ?

नेपालबाट चीन र भारततर्फको निर्यातमा वृद्धि, कुन-कुन वस्तु निर्यात हुन्छ?

बिज्ञापन
बिज्ञापन

चालू आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा चीनतर्फको निर्यात बढेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । साउनदेखि जेठ महिनासम्मको अवधिमा चीनतर्फको निर्यात बढेको राष्ट्र बैङ्कले जानकारी दिएको हो ।

बिज्ञापन

तथ्याङ्क अनुसार भारततर्फको निर्यात भने खुम्चिएको छ । नेपालको समग्र आयात–निर्यात नै खुम्चिँदा भारततर्फको निर्यात ४।५ प्रतिशतले र चीनतर्फको निर्यात ५७.७ प्रतिशतले बढेको हो । चीनतर्फ चालू वर्षको ११ महिनाको अवधिमा २ अर्ब ४० करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो गत आर्थिक वर्ष २०७९/८० को ११ महिनाको तुलनामा ५७.७ प्रतिशतले बढी हो । सो अवधिमा चीनतर्फ १ अर्ब ५२ करोड रुपैयाँको निर्यात भएको थियो । यस्तै आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ७६ करोड रुपैयाँको निर्यात भएको थियो ।

बिज्ञापन

चीनतर्फ सबैभन्दा बढी निर्यात हुने वस्तुको सूचीमा तयारी गार्मेन्ट, छालाका वस्तु, रुद्राक्ष, टेन्ड स्किन, चिया र वुलन कार्पेट छन् । यस अवधिमा १४ करोड ९२ लाख रुपैयाँको तयारी गार्मेन्ट निर्यात हुँदा १ करोड ४७ लाखको तयारी छालाका वस्तु निर्यात भएको छ । यसबाहेक २ करोड ६१ लाख रुपैयाँको रुद्राक्ष निर्यात हुँदा ३८ करोड रुपैयाँको वुलन कार्पेट निर्यात भएको राष्ट्र बैङ्कले जनाएको छ । भारततर्फ ४.५ प्रतिशतले खुम्चिए पनि चालू वर्षको ११ महिनामा ९४ अर्ब ५१ करोड रुपैयाँको निर्यात भएको छ ।

नेपालबाट भारततर्फ प्लास्टिक, पोलिस्टार यार्न, तयारी गार्मेन्ट, रोसिन, जुत्ता र चप्पल, छाला, भटमासको तेल, चिया, टेक्सटायल, टुथपेस्ट, तरकारी, तार र जस्तापाता निर्यात हुँदै आइरहेको छ । यस अवधिमा भारततर्फ १० अर्ब ६९ करोड रुपैयाँको जस्तापाता निर्यात भएको छ । यसपछि ८ अर्ब ३५ करोड रुपैयाँको पोलिस्टार यार्न (धागो), २ अर्ब ६७ करोड रुपैयाँको चिया, २ अर्ब ३१ करोडको टेक्सटायल, १ अर्ब ७० करोडको थ्रेड (धागो) १ अर्ब १३ करोडको जुत्ता–चप्पल लगायतका वस्तु निर्यात भएका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते