बारपाक सुलिकोट गाउँपालिकाले गाउँपालिकामा उत्पादन हुने कफीलाई ब्राण्डिङ्ग गर्ने भएको छ । आज आइतबार भएको एक कार्यक्रमकाबीच उक्त काम गर्न लागेको बारपाक सुलीकोट गाउँपालिकाको अध्यक्ष बिष्णु भट्टले जानकारी दिएका हुन् ।
बिज्ञापन
कार्यक्रममा गाउँपालिका, फ्रेस्को हिमालयन, एकीकरण नेपाल गोरखा र गाउँपालिकामा कफी खेतीमा संग्लन विभिन्न कृषक समुहहरुबीच कफी खेती प्रर्बद्धनको लागि बहुपक्षिय संझौत भएको समेत भएको छ । संझौता अन्तरगत फ्रेस्को हिमालयनले कृषकवाट उत्पादन भएको सम्पुर्ण गुणस्तरीय कफी राष्ट्रिय चिया तथा कफी बिकास बोर्डले तोकेको मूल्य तथा प्रचलित बजार मूल्यमा आधारित रहेर खरिद गर्नु पर्ने, खरिद गरेकोे पन्ध्रदिन भित्र किसानलाई बैकमार्फत भुक्तानी दिनु पर्ने, आवश्यक पर्ने ढुवानी व्यवस्थापन गर्नुपर्ने, ब्राण्डिङ्ग तथा प्याकेजिङ्ग गर्ने र समयमै खरिद नगरी किसानको उत्पादन खेर गएमा किसानलाइ क्षतिपुर्ति दिनुपर्ने उल्लेख छ ।
बिज्ञापन
साथै कृषक समुहहरुले आफुले उत्पादन गरेको सम्पुर्ण गुणस्तरीय कफी फ्रेस्को हिमालयलाई बिक्री गर्नुपर्ने तथा उत्पादन गरेको कफी फ्रेस्को हिमालयको लिखित मञ्जुरी बेगर अन्य पक्षलाई वा आफैले बजारमा बिक्री गर्न नपाउने उल्लेख गरिएको छ। उक्त कामको लागि एकीकरण नेपाल गोरखाले आर्थिक प्राविधिक सहयोग गर्ने, थप श्रोतको लागि पहल गर्ने उल्लेख गरिएको छ भने गाँउपालिकाले कफीको विरुवा सहयोग, प्रविधि सहयोग, अन्य श्रोतहरुको व्यवस्थापन तथा फ्रेस्को हिमालय र कृषकहरुबीच भएको खरिद बिक्रीलाई अनुगमन तथा सहजीकरण गर्ने उल्लेख गरिएको छ ।
गाउँपालिकाको अध्यक्ष बिष्णु भट्टले कफीको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार राम्रो भएको र नतिजामा आधारित अनुदान तथा सहयोगले वास्तविक किसानलाई काम गर्न प्रोत्साहन मिल्ने बताए । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एकीकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरी देवकोटाले सवै पक्षको लगानी र साझेदारीबाट मात्रै कुनैपनि काम सफल हुने मतव्य राख्दै गाउँपालिका, निजी कम्पनी, गैर सरकारी संस्था र कृषक समुहहरुसंगै काम गर्दा छिट्टै नतिजा ल्याउन सफल हुने बताए ।
बिज्ञापन
फ्रेस्को हिमालयको प्रबन्ध निर्देशक देवेन्द्र पोखरेलले कफीको बजारीकरण गर्न सकिने र युरोप अमेरिकामा यसको माग राम्रो भएकाले यो कामवाट सफलता मिल्ने कुरामा आशावादी भएको बताए । कार्यक्रमले किसानहरुको बजारको सुनिश्चितताको कारण उत्साह मिलेको हुडीखोला कृषक समुहको अध्यक्ष ठाकुर देवकोटाले बताए । कफी खेती सम्वन्धि कामलाई एकीकरण नेपाल गोरखाले कम्युनीटी पार्टनरसीप इन्टरनेश्नलको सहयोगमा विगत एक वर्षदेखि काम गर्दै आएको छ ।








