प्रभु इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले बीमा ऐन, २०७९ को दफा ५७ (१)अनुसार २०८० माघ १ गतेदेखि लागु हुने गरि ४ वर्षको लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्चित बज्राचार्यलाई नियुक्त गरेको छ ।
बिज्ञापन
बज्राचार्यसंग बीमा क्षेत्रको करिव दुई दशकको कार्यअनुभवका साथै विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुमा गरि ३० वर्ष भन्दा बढिको कार्य अनुभव रहेको छ ।
बिज्ञापन
बीमा तथा अर्थ जगतका कुशल तथा दक्ष व्यक्तित्व रहेका बज्राचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् ।







