होमपेज > धराशायी बन्दै सिंहदरबार वैद्यखाना, संस्थाको साख जोगाउन आग्रह

धराशायी बन्दै सिंहदरबार वैद्यखाना, संस्थाको साख जोगाउन आग्रह

बिज्ञापन
बिज्ञापन

सिंहदरबार वैद्यखाना पछिल्लो समय धराशायी हुँदै गएको छ । वैद्यखानाको इतिहास राजा प्रताप मल्लसँग जोडिएको छ । जुद्ध शम्शेरले थापाथलीबाट सिंहदरबारमा लगेर उत्तर कुनामा राखेपछि यसको नाम सिंहदरबार वैद्यखाना हुन पुगेको हो ।

बिज्ञापन

२०५२ सालसम्म झण्डै ३५/३६ प्रकारका आयुर्वेदिक औषधि निर्माण हुने गरेकोमा २०५८ सम्म आइपुग्दा एक सय ७१ प्रकारका औषधि उत्पादन गरेर बजारमा पठाउन शुरु गरिसकेको थियो । ५७ सालदेखि नाफामा गएर ५८ सालको साउनसम्ममा कोष निर्माण गरेर सात करोड ८८ लाख जम्मा गरिएको थियो । तर अहिले औषधि उत्पादनको काम हुन सकेको छैन भने भएका कर्मचारीमा पनि कामको मनोबल घट्दै गएको छ । वैद्यखानमा औषधि बन्न छाडेको छ भने कर्मचारी घाम तापेर बस्नुपर्ने अवस्था छ । ऐतिहासिक औषधि उत्पादक संस्था दिनप्रतिदिन खस्कँदै गएकोमा विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

बिज्ञापन

संस्था र यसको साखलाई जोगाउन विषय विज्ञ मुख्य रहेको आयुर्वेद चिकित्सा विज्ञानका विज्ञ प्रा डा।चन्द्रराज सापकोटा बताउनुहुन्छ । उहाँले विगतमा वैद्यखानाको भौतिक तथा संस्थागन विकासका लागि प्रबन्ध निर्देशक भएर काम गर्नुभएको थियो । वैद्यखानामा गएर पुराना दस्ताबेज हेर्न खोजेमा पुराना सबै योजना भेट्टाउन सकिने उहाँ बताउनुहुन्छ । तर पछिल्ला वर्ष व्यवस्थापन झनझन कमजोर हुँदै गएको र सरकारले पनि अनुगमन सहिरुपमा गर्न नसक्दा संस्था नै धराशायी बन्न पुगेको विज्ञ सापकोटा बताउनुहुन्छ । भवन, औषधि बनाउने मेसिन र सबै पूर्वाधार हुँदाहुँदै पनि व्यवस्थापन गर्ने क्षमता र विषय विज्ञ नहुँदा वैद्यखाना धराशायी भएको पूर्व प्रबन्ध निर्देशक सापकोटाको भनाइ छ ।रासस

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते