आई.एम.ई लाइफ इन्स्योरेन्सको सातौं वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन कम्पनीले मंगलबार विभिन्न क्षेत्र प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक सामाग्रि वितरण गरेको छ । आई.एम.ई .लाइफ इन्स्योरेन्सको स्थापनाको सातौं वर्ष पुरा गरेको अवसरमा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा राहत सामाग्रि वितरण गरिएको हो । नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा प्राधिकरणको उद्देश्यलाई आत्मसातगर्दै सो वितरण कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।
बिज्ञापन
कम्पनीले टीकापुर नगरपालिका वडा नं. १, गणेशपुर स्थित बाढी पिडित क्षेत्रका ७ वटा सामुदायिक विद्यालयका ७० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्रि र पोशाक वितरण गरेको छ। त्यसैगरी काठ्माडौं टोखा स्थित विपद्को शिकार भएका परिवारहरुलाई कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाई तथा ट्रेनिङ हेड सुनिल आचार्यको उपस्थितिमा राहत सामाग्रिहरु वितरण गरेको छ । साथै, धरान उप महानगरपालिकको सम्पूर्ण वडाका स्वास्थ्य स्वयमसेविका र स्वास्थ्य बीमाका प्रतिनिधिहरुकालाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।







