होमपेज > प्याजको अभावसँगै व्यापारीले आफूखुशी मूल्य तोक्दै

प्याजको अभावसँगै व्यापारीले आफूखुशी मूल्य तोक्दै

बिज्ञापन
बिज्ञापन

बजारमा प्याजको अभाव भएसँगै व्यापारीले आफू खुशी मूल्य तोक्न थालेका छन् । अभाव भइरहेकै बेला भारतले गएको शनिवारदेखि निर्यातमा प्रतिबन्ध लगाएपछि प्याजको आयात ठप्प भएको छ । यसले गर्दा बजारमा प्याजको भाउ बढेको छ ।

बिज्ञापन

भारतको प्रतिबन्धको फाइदा उठाउँदै केही व्यापारी र बिचौलियाले प्याजको कृत्रिम अभाव गर्न थालेका छन् । अहिले बजारमा प्याजको मूल्यमा एकरुपता छैन । उपभोक्ताले प्याज किलोमै १ सय ७० रुपैयाँसम्म तिर्ने गरेका छन् । थोक मूल्यमै प्याजको भाउ किलोको १५० रुपैयाँसम्म पुगेको नेपाल कृषि उपज आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता सङ्घका महासचिव प्रकाश गजुरेलले बताउनुभयो ।

बिज्ञापन

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा अभाव भएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठले बताउनुभयो । नेपालमै उत्पादन हुने अनुकूल वातावरण भए पनि प्याजका लागि भारतकै भर पर्नु पर्ने अवस्था छ ।

भारतले बेलाबेलामा प्रतिबन्ध लगाउँदा माग र आपूर्तिको फाइदा उठाउँदै बिचौलियाले चलखेल गर्ने गरेका छन् । प्याज उत्पादन बढाउन सरकारले ०६४ सालदेखि ०६९ सालसम्म सिरहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा र रूपन्देहीमा प्याज मिसन कार्यक्रम सञ्चालन गरेको थियो । तर, प्याज खेतीको क्षेत्रफल र उत्पादन बढ्न सकेको छैन ।

बिज्ञापन

यसैबीच, बजारमा प्याज अभाव भएपछि चीनबाट ल्याउने तयारी भएको छ । केही व्यवसायीले चीनबाट प्याज ल्याउन अर्डर गरिसकेको बताएका छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते