होमपेज > प्रहरीका एसपीले चलाएको गाडीको ठक्करबाट युवकको मृत्यु, दुईजना घाइते

प्रहरीका एसपीले चलाएको गाडीको ठक्करबाट युवकको मृत्यु, दुईजना घाइते

बिज्ञापन
बिज्ञापन

सुनसरी धरानमा कार्यरत प्रहरी उपरीक्षकले चलाएको गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा कमल गाउँपालिका-६ निवासी १८ वर्षीय अनिल मर्डी रहेका छन् ।

बिज्ञापन

पूर्व पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका-८ बिरिङ पुल नजिकै शुक्रबार राती ७ बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ च ७८३९ नम्बरको स्कारपियो र बिपरित दिशाबाट आउँदै गरेको मे १० प १६६९ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो।

बिज्ञापन

दुर्घटनामा घाइते भएका मर्डीलाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल पुर्‍याउन साथ मृत्यु भएको थियो । मोटरसाइकलमा तीन जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका-६ निवासी १९ वर्षीय खगेन्द्र ताजपुरीया र सोही ठाउँका १८ वर्षीय पुजन राजवंशी घाइते भएका छन् ।

स्कारपियोका चालक संघीय प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी उपरीक्षक ५१ वर्षीय भीमबहादुर दाहाल रहेको प्रहरीले जनाएको छ । उनी प्रहरी नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते