होमपेज > जाजरकोटमा जनतालाई पाल छैन, रातको २ लाखसम्म पर्ने होटलमा पूर्वराजा ज्ञानेन्द्रको बास

जाजरकोटमा जनतालाई पाल छैन, रातको २ लाखसम्म पर्ने होटलमा पूर्वराजा ज्ञानेन्द्रको बास

बिज्ञापन
बिज्ञापन

जाजरकोट , रुकुम का जनताले भूकम्पबाट आफ्ना आफन्त गुमाएका छन् । उनीहरुको बास खोसिएको छ । उनीहरुलाई बस्न पल समेत छैन । तर पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित काभ्रेपलाञ्चोक पुगेका छन् ।त्यो पनि दिनकै लाखौ पर्ने होटलमा ।

बिज्ञापन

काभ्रेस्थित धुलिखेलमा रहेको दुसित थानी हिमालयन रिसोर्टमा बस्ने गरी पूर्वराजा आएको होटल स्रोतले जनाएको छ ।‘पूर्वराजा ज्ञानेन्द्र आइतबार दिउँसो होटलमा परिवारसहित आउनु भएको छ’ उनले भने, ‘उहाँहरु दुई दिन बस्ने गरि आउनु भएको हो ।’

बिज्ञापन

पूर्वराजपरिवारका सदस्य रिफ्रेसमेन्टका लागि होटलमा आएको हुनसक्ने उनले बताए । धितोपत्र बोर्डका अध्यक्ष रहेका रमेश हमाल स्थानीय साझेदारको रिसोर्ट २ अर्ब ४० करोड लगानीमा असार २२ गतेदेखि सञ्चालनमा आएको होटल नेपालकै लक्जरी मध्येको एक हो ।

दुसित थानी थाइल्यान्डको चर्चित होटेल चेन हो । रिसोर्टमा लक्जरी भिल्लासहित ८५ कोठा छन् । ६३ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा दुसित थानी समूहको ८५ प्रतिशत र स्थानीय साझेदार रमेश हमालको १५ प्रतिशत लगानी छ ।

बिज्ञापन

रिसोर्टमा सेवाग्राहीले सामान्य कोठामा प्रतिदिन न्यूनतम् ३०० डलर खर्च गरी बस्न सक्ने जनाएको छ । त्यस्तै, रिसोर्टको ३ बेडरुमको १५०० डलर तोकेको छ । एक दशकअघि नेपाली हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेको थाइल्यान्डको प्रसिद्ध ब्रान्ड दुसित थानी होटलको निर्माण सन् २०१८ देखि सुरु भएको थियो ।

दुसित होटल एण्ड रिसोर्टको व्यवस्थापनमा भारत, दुबई, माल्दिभ्स, केन्या, कतार, सिंगापुर, युएई, थाइल्यान्ड, चीनलगायत अन्य ४० भन्दा बढी देशमा होटल तथा रिसोर्ट सञ्चालित छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते