नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १४ हजार ४५० रुपैयाँमा कायम भएको छ ।
बिज्ञापन
सोमबार प्रतितोला छापावाला सुन १ लाख १५ हजार ४०० र तेजावी सुन १ लाख १४ हजार ८५० रुपैयाँमा कायम भएको थियो । त्यस्तै, सोमबार प्रतितोला १ हजार ४१५ रुपैयाँ कायम भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४०५ रुपैयाँमा कायम भएको छ ।








