आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।
बिज्ञापन
आज तोलामा ३०० रुपैयाँले घटेसँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन आज १ लाख १४ हजार १५० रुपैयाँ कायम भएको छ ।
बिज्ञापन
मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १४ हजार ४५० रुपैयाँ थियो ।त्यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । मूल्य घटेसँगै आज चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।








