होमपेज > एकैदिन प्रतिकिलो ५० रुपैयाँसम्म बढ्यो तरकारीको भाउ, कुनको कति?

एकैदिन प्रतिकिलो ५० रुपैयाँसम्म बढ्यो तरकारीको भाउ, कुनको कति?

बिज्ञापन
बिज्ञापन

काठमाडौँमा हरियो तरकारीको मूल्य एकै दिन प्रतिकिलो ५० रुपैयाँसम्मले बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शनिबार प्रतिकिलो ३०० रहेको डल्ले च्याउ आज (आइतबार) ३५० रुपैयाँ पुगेको छ । यस्तै, प्रतिकिलो ४०० रुपैयाँ रहेको कुरिलो आइतबार ४५० रुपैयाँ तोकिएको छ ।

बिज्ञापन

कालीमाटी फलफूल तथा तरकारी बजारमा नेपाली गोलभेँडा सानो प्रतिकिलो ३५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ४०, काउली स्थानीय प्रतिकिलो ९०, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४८ र भारतीय सुकेको प्याज प्रतिकिलो ७० रुपैयाँका किनबेच भइरहेको छ ।

बिज्ञापन

यस्तै, गाजरको मूल्य भने प्रतिकिलो १० रुपैयाँले घटेर आएको छ। गाजर प्रतिकिलो १२०, मूला रातो १००, घ्यू सिमी लोकल ८०, भन्टा लाम्चो ५०, मकै बोडी ९०, भटमासकोशा १००, तितो करेला ९०, लौका ४०, पर्वल लोकल ४०, हरियो फर्सी ४५, घिरौँला ४० रुपैयाँ न्यूनतम मूल्यमा किनबेच भइरहेको छ ।

कन्य च्याउ २००, ब्रोकाउली ३००, भिण्डी ५०, रायो साग १००, हरियो प्याज १८०, काँक्रो लोकल ७० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य निर्धारण गरिएको समितिले जारी गरेको मूल्यसूचीमा उल्लेख छ । यसैगरी, फलफूलमा केरा दर्जनको १४०, फूजी स्याउ ३२०, अनार ३००, अंगुर कालो ४५०, तरबुजा ६०, मौसम १५०, लोकल नासपाती ७०, भारतीय मेवा ८०, एभोकाडो २०० र अम्बा १०० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते