होमपेज > माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिले पाए शेयर ?

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिले पाए शेयर ?

बिज्ञापन
बिज्ञापन

माण्डु हाइड्रोपावर लिमिटेडले आईपीओ आज आइतबार बाँडफाँड सम्पन्न गरेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले कम्पनीको आईपीओ आज बिहान ९ बजे बाँडफाँड गरेको हो ।

बिज्ञापन

क्यापिटलका अनुसार कुल १० लाख १६ हजार ७१४ आवेदकबाट १ करोड १० लाख ८९ हजार ५०० कित्ता शेयर माग भएकोमा १ लाख ४१ हजार २९६ आवेदकबाट परेको १६ लाख ३६ हजार २२० कित्ता सेयर रद्द भएको छ । प्रमाणित कुल ८ लाख ७५ हजार ८१४ आवेदकमध्ये ८ लाख ७२ हजार ८३७ आवेदकबाट परेको ९४ लाख १७ हजार ८७० कित्ता सेयरमात्रै सदर भएको छ भने बाँकी २ हजार ५८१ आवेदकबाट परेको ३५ हजार ४१० कित्ता बदर भएको छ ।

बिज्ञापन

कम्पनीको आईपीओ भाग्यमानी १ लाख २० हजार ५३२ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन । यस हिसाबले सदर आवेदकमध्ये ७ लाख ५२ हजार ३०५ आवेदकको हात खाली भएको छ ।

कम्पनीले गत भदौ १० गतेदेखि भदौ १३ गतेसम्म सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ बिक्री खुला गरेको थियो। यसमा आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री नभएको ७९ हजार ३० कित्ता सेयर थपिएको थियो।

बिज्ञापन

क्यापिटलका अनुसार आईपीओको नतिजा केही समय पश्चात प्रकाशन गरिने भएको छ । जस अनुसार सो आईपीओको नतिजा बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://ipoapply.prabhucapital.com/check-result, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । सिडीएसले थर्ड पार्टी एपहरुलाई आईपीओ नतिजा देखाउन पूर्ण रुपमा बन्देज लगाएकोले यी ३ तरिकाबाट मात्र आईपीओ नतिजा हेर्न सकिन्छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते