होमपेज > वाणिज्य बैंकहरुमा बढ्यो खराब कर्जा

वाणिज्य बैंकहरुमा बढ्यो खराब कर्जा

बिज्ञापन
बिज्ञापन

वाणिज्य बैंकमा खराब कर्जा बढेको छ । आर्थिक गतिविधि सुस्त हुँदा वाणिज्य बैंकहरुमा खराब कर्जा बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक बर्ष २०७९/०८० मा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमा झण्डै तीन प्रतिशत कर्जा खराब देखिएको छ ।

बिज्ञापन

यस अवधिमा वाणिज्य बैंकहरुले कुल ५० खर्ब ८६ अर्ब २४ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी ४३ खर्ब आठ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा औषतमा दुई दशमलव ९८ प्रतिशत कर्जा खराब देखिएको छ ।

बिज्ञापन

आव २०७९/०८० मा देखिएको आर्थिक मन्दीका कारण बैंकहरुले कर्जा लगानी वापतको सावाँ र व्याजको नियमित किस्ता असुली गर्न नक्सदा बाँणिज्य बैंकहरुमा खराब कर्जा बढेको हो । यस अवधिमा वाणिज्य बैंकहरुको कुल शाखा तथा एटिएम काउन्टरको संख्या भने क्रमशः पाँच हजार ४९ र चार हजार चार सय ६५ वटा रहेको छ ।

राष्ट्र बैंकका अनुसार आव २०७८/०७९ मा भने सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुमा औषत खराब कर्जाको अनुपात एक दशमलव २० प्रतिशत मात्र रहेको थियो । उक्त अवधिमा बाँणिज्य बैंकहरुले कुल ४५ खर्ब ४५ अर्ब १५ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ७७ अर्ब ८१ करोड २० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा उक्त परिमाणको कर्जा खराव देखिएको हो ।

बिज्ञापन

उक्त अवधिमा बाँणिज्य बैंकहरुको कुल शाखा तथा एटिएम काउन्टरको संख्या भने क्रमशः पाँच हजार नौं र चार हजार दुई सय ३५ वटा रहेको राष्ट्र बैंकको भनाई छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते