होमपेज > इलेक्ट्रिक सवारी साधन आयातमा रेकर्ड ब्रेक, कुन महिनामा कति भित्रिए ?

इलेक्ट्रिक सवारी साधन आयातमा रेकर्ड ब्रेक, कुन महिनामा कति भित्रिए ?

बिज्ञापन
बिज्ञापन

सरकारले विदेशी विनिमय सञ्चिति जोगाउन डिजेल पेट्रोलबाट चल्ने सवारीको आयात रोकेपछि चालु आर्थिक वर्ष २०७९/८० मा इलेक्ट्रिक सवारी साधन अहिलेसम्मकै सबैभन्दा बढी भित्रिएका छन् ।

बिज्ञापन

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा ४ हजार ५० इलेक्ट्रिक सवारी साधन आयात भएका हुन् । जुन संख्या नेपाल भित्रिने ईभीको हालसम्मकै सबैभन्दा बढी हो । यसअघि आर्थिक वर्ष २०७८/७९ मा १ हजार ८०७ युनिट मात्र ईभी भित्रिएकाे थियाे ।

बिज्ञापन

हालसम्म भित्रिएका इलेक्ट्रिक सवारी साधनमध्ये सबैभन्दा बढी अर्थात ३ हजार ७५९ युनिट ५० किलोवाट सम्मका इलेक्ट्रिक कार, जिप र भ्यान छन् । त्यसैगरी ५१ देखि १०० किलोवाट सम्मका २७२, १०१ देखि २०० किलोवाट सम्मका १५ युनिट र २०१ देखि ३०० किलोवाट सम्मका ४ युनिट रहेका छन् ।

कुन महिनामा कति ईभी भित्रिए ?

बिज्ञापन

गत आर्थिक वर्षको पहिलो महिना साउनमा २११ युनिट इलेक्ट्रिक सवारी साधन आयात भएका थियो भने भदौ महिनामा २०३, असोज महिनामा २९१, कार्तिक महिनामा ३१३, मंसिर महिनामा ३३५ र पुस महिनामा ३९६ इलेक्ट्रिक कार, जिप र भ्यान भित्रिएका थिए ।

त्यसैगरी माघ महिनामा २६०, फागुन महिनामा १८९, चैत महिनामा २५३ र बैशाख महिनामा ५०४ विद्युतीय कार भित्रिएका थिए । जेठ महिनामा नेपालमा ९ सय १५ विद्युतीय कार भित्रिएका छन् । असार महिनामा भने १८० विद्युतीय कार, जिप र भ्यान मात्र भित्रिएका छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते