होमपेज > हिन्दी फिल्म चलाउने चलचित्र संघको निर्णय

हिन्दी फिल्म चलाउने चलचित्र संघको निर्णय

बिज्ञापन
बिज्ञापन

नेपाल चलचित्र संघले हिन्दी चलाउने निर्णय गरेको छ । आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले आदिपुरुष बाहेक हिन्दी फिल्म चलाउने निर्णय गरेको हो ।

बिज्ञापन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी सिनेमा आदिपुरुषमा रहेको संवादका विषयलाई लिएर काठमाडौं महानगरभित्र हिन्दी फिल्म रोक लगाउने गरेका थिए । मेयर बालेनको यस्तो निर्णयपछि पोखरा महानगरपालिका र धरान उपमहानगरपालिकाले पनि हिन्दी फिल्म रोक लगाउने निर्णय गरेका थिए ।

बिज्ञापन

संघले विज्ञप्ती जारी गर्दै भनेको छ नेपालको कानुन अधिनमा रही स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउनु नैसर्गिक अधिकार हो । राष्ट्र र राष्ट्रियता भन्दा माथी कोही छैन भन्ने नेपाल चलचित्र संघको मान्यता रहेको छ ।

सधैं संघले जारी गरेको विज्ञप्तीमा उच्च अदालत पाटनले २०८० असार ७ गते गरेको विपक्षीहरूको नाममा हिन्दी एवम् अन्य चलचित्र प्रदर्शन नगर्नु नगराउनु भनी अल्पकालीन आदेश जारी गरेको पनि उल्लेख गरेको छ । उक्त आदेशको सम्मान गर्दै शुक्रबारबाट नेपालभर फिल्म प्रदर्शन गर्ने निर्णय गरेको संघले जनाएको हो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते