होमपेज > आठ करोड ३१ लाखमा बन्यो सुविधा सम्पन्न बसपार्क

आठ करोड ३१ लाखमा बन्यो सुविधा सम्पन्न बसपार्क

बिज्ञापन
बिज्ञापन

सर्लाहीको मलङ्गवा नगरपालिका–२ मा निर्माण गरिएको सुविधा सम्पन्न बसपार्क प्रयोगमा ल्याइएको छ । मलङ्गवा नगरपालिका –२ मा सङ्घीय सरकारको रु आठ करोड ३१ लाखको लागतमा निर्माण गरिएको उक्त बसपार्क करिब एक वर्षपछि सञ्चालनमा ल्याइएको हो ।

बिज्ञापन

मलङ्गवा नगरपालिका–९ मा रहेको पुरानो बसपार्क साँघुरो भएको र बजार विस्तारसँगै सवारी साधनको चाप बढेका कारण नयाँ बसपार्क निर्माण गरिएको थियो । नयाँ बसपार्कको निर्माण भएको करिब एक वर्ष हुनै लाग्दा पनि सरोकारवाला निकायले ध्यान नपुर्याउँदा बसपार्क प्रयोगविहीन अवस्थामा रहेको मलङ्गवा यातायात प्रालिका अध्यक्ष राजीव यादवले बताए ।

बिज्ञापन

आफूहरु नयाँ बसपार्कमा जान तयार रहे पनि ठेकेदार कम्पनीले नगरपालिकालाई बसपार्क हस्तान्तरण नगरेको र नगरपालिकाले पनि चासो नदिँदा नयाँ बसपार्कमा जान नपाइएको उनको भनाइ थियो ।

बसपार्क निर्माण भए पनि सरोकारवाला निकाय एकले अर्काेलाई आरोप लगाउँदै लामो समयसम्म मलङ्गवा नगरपालिका¬–९ मा रहेको पुरानो बसपार्कबाटै बस सञ्चालन गरेका नगरप्रमुख नागेन्द्रप्रसाद यादवले बताए । उनका अनुसार नयाँ बसपार्कबाट बस सञ्चालनमा ल्याउने विषयमा जिल्लाका यातायात व्यवसायीसँग पटक–पटक छलफल गरिए पनि कुनै निष्कर्ष निस्केको थिएन । केही यातायात व्यवसायीले नयाँ बसपार्कमा आफूहरु नजाने भन्दै नगरपालिकामा डेलिगेसन पनि आएका नगरप्रमुख यादवले बताए । तर नगरपालिकाले कार्याविधि नै बनाएर नयाँ बसपार्कबाट बस सञ्चालन गरेको छ ।

बिज्ञापन

करिब २५ रोपनी क्षेत्रफलमा निर्माण भएको बसपार्कमा एकैसाथ ५२ वटा ठूला र २० वटा साना गरी ७२ वटा यात्रीबाहक सवारीसाधन पार्किङ गर्नसक्ने क्षमता रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर कार्कीले बताए ।

उनका अनुसार मलङ्गवा नगरपालिका– ९ मा रहेको पुरानो बसपार्कबाट बस सञ्चालन गर्दा ट्राफिक प्रहरीलाई व्यवस्थापनमा निकै समस्या हुने गरेको थियो । अढाइ तल्ले टर्मिनल भवन, शौचालय, खानेपानी, प्रतिक्षालय, वर्कसप, पार्किङलगायत सुविधा सहितको बसपार्क झापाको सुरुङ्गास्थित कन्काइ इन्टरनेशनल विल्डर्सले रु आठ करोड ३१ लाखको लागतमा निर्माण गरेको हो । नेपाल सरकारले ठूलो लगानी गरेर निर्माण गरिदिएको बसपार्क लक्ष्यअनुसार नै प्रयोगमा ल्याइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

उनका अनुसार राज्यले ठूलो रकम खर्चेर निर्माण गरिएको बसपार्कमा कुनै पनि बाहनामा जान्न भन्न नपाइने बताए । बस पार्कबाट बस सञ्चालनको क्रममा कुनै किसिमका समस्या आएमा सुरक्षाका लागि सबै शक्ति लगाउन तयार रहेको प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

नयाँ बसपार्कबाट बस सञ्चालनको क्रममा सुरक्षासम्बन्धी समस्या देखिएमा समाधानका लागि जिल्ला प्रहरी कार्यालय तयार रहेको उनले जानकारी दिए ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते