होमपेज > माघ महिनामा बैंकको निक्षेपमा सुधार

माघ महिनामा बैंकको निक्षेपमा सुधार

बिज्ञापन
बिज्ञापन

वाणिज्य बैंकहरूको निक्षेपमा सुधार देखिएको छ । गत पुस महिनाको तुलनामा माघमा वाणिज्य बैंकको निक्षेप सङ्कलन रु २५ अर्बले बढेको हो ।

बिज्ञापन

नेपाल बैंकर्स सङ्घले सार्वजनिक गरेको माघ महिनाको तथ्याङ्कानुसार बैंकको निक्षेप बढ्दा कर्जा लगानीमा कमी आएको पाइएको हो । पुस अन्तिम साता २२ वटा वाणिज्य बैंकमा कुल रु ४७ खर्ब १६ अर्ब निक्षेप रहेकामा माघ २९ गते निक्षेप बढेर रु ४७ खर्ब ४१ अर्ब पुगेको हो ।

बिज्ञापन

सङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार माघको पहिलो साता निक्षेप रु आठ अर्बले घटेर रु ४७ खर्ब आठ अर्ब पुगेको थियो । पहिलो साता घटेको निक्षेप दोस्रो साता रु १२ अर्ब, तेस्रो साता रु तीन अर्ब र चौथो सातामा रु चार अर्बले बढेको थियो । माघको बाँकी दुई दिन माघ २८ र २९ गते थप रु १४ अर्बले निक्षेप बढ्दै रु ४७ खर्ब ४१ अर्ब पुगेको हो ।

माघ महिनामा निक्षेप बढ्दा कर्जातर्फ भने बैंकहरूको खासै लगानी बढ्न नसकेको पाइएको छ । गत पुस महिनामा बैंकले ४२ खर्ब ७८ अर्ब लगानी गरेका थिए । पुस महिनाको तुलनामा माघ महिनामा रु १२ अर्ब बराबरको मात्र कर्जा प्रवाह भएको छ । माघमा बैंकहरूले रु १२ अर्ब कर्जा बढाएर रु ४२ खर्ब ९० अर्ब बराबर कर्जा प्रवाह गरेका छन् । माघ २७ गतेसम्म बैंकको कर्जा रु ४२ खर्ब ८७ अर्ब रहेको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते