होमपेज > महालक्ष्मी लाईफ इन्स्योरेन्स चार वर्ष पुरा

महालक्ष्मी लाईफ इन्स्योरेन्स चार वर्ष पुरा

बिज्ञापन
बिज्ञापन

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोबार संचालनको चार वर्ष पुरा गरेको छ । जीवन बीमा बजारमा सबैभन्दा कान्छो कम्पनीकोरुपमा आउँदा पुराना स्थापित र पछि आएका कम्पनीहरु सँग अस्वस्थ प्रतिस्पर्धाको बीच गुणस्तरिय कारोबार गर्नु ठुलो चुनौती थियो । कम्पनी स्थापना पछिको निरन्तर दुई वर्षको कोरोनाको अवरोधले पनि शाखा संजाल विस्तार र अभिकर्ता निर्माणमा कठिनाई नै भोग्नु परेको जानकारी दिएको छ ।

बिज्ञापन

नेपालको जीबन बीमा बजारमा देखा परेको अनेकौ समस्या र कठिनाईको बीचमा रहेर बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्न तथा गुणस्तरिय व्यवसाय सँगै कम्पनीको विस्वासनियता बृद्धिलाई प्राथमिकतामा राखेका थियौ । प्रत्येक घरमा एउटा जीवन बीमा, युवासँग महालक्ष्मी लाईफ र महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ जस्ता जनचेतना मूलक कार्यक्रम लिएर देशै भरी अभियान संचालन गर्यौं, कम्पनीले भनेको छ ।

बिज्ञापन

कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यी सबै कार्यक्रम संचालन गरेको कारण कारोबारमा निरन्तर बृद्धि संगै कम्पनीको राम्रो ब्राण्ड स्थापित गर्न सफल भएका छौ । त्यसैको फलस्वरुप प्रत्येक वर्ष मूनाफा संगै बीमितहरुलाई दिने बोनस दर पनि अन्य कम्पनी भन्दा राम्रो दिन सफल भएका छौँ ।

कम्पनीले गत आ.व. २०७८/७९ को पौष मसान्तको तुलनामा चालु आ.व. २०७९/८० को पौष मसान्त सम्ममा चुक्ता पूँजीमा ५० प्रतिशत, जगेडा कोषमा ६० दशमलव सात प्रतिशत, जीवन बीमा कोषमा ५६ दशमलव चार प्रतिशत, महाविपत्ति कोषमा ४४ दशमलव पाँच प्रतिशत, कर्जा लगानीमा २९ दशमलव पाँच प्रतिशत, दाबी भुक्तानीमा ३८ प्रतिशत र मुनाफामा ३५ दशमलव चार प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

बिज्ञापन

नेपाल बीमा प्राधिकरणले २०७९ चैत्र भित्र अनिवार्य रुपमा पूँजी बृद्धि गर्ने निर्देशन दिए पछि प्रभु लाईफ इन्स्योरेन्ससँग मर्जरको लागि अगाडी बढेका छौँ । भारतिय बीमांकी बाट सम्पत्ती दायीत्वको मुल्याङ्कन प्रतिवेदन आउन निकै ढिला भएको कारण निर्धारित समयमा एकीकृत कारोबार गर्न नसकेता पनि २०७९ चैत्र भित्र मर्जर कार्य सम्पन्न गर्ने लक्ष्य लिएका छौँ ।

एकिकृत कारोबार पछि बन्ने प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सले मितव्ययी तरिकाले गुणस्तरिय कारोबार संचालन गर्दै लगानी कर्ता र बीमितहरुको हितलाई सधै सर्वोपरि राखि काम गर्ने विश्वास पनि कम्पनीले दिएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते