होमपेज > तीन महिनामा १२ करोड २९ लाख रुपैयाँभन्दा बढीको दाँत माझ्ने ब्रस आयात – Business News Nepal

तीन महिनामा १२ करोड २९ लाख रुपैयाँभन्दा बढीको दाँत माझ्ने ब्रस आयात – Business News Nepal

बिज्ञापन
बिज्ञापन

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले १२ करोड २९ लाख रुपैयाँभन्दा बढीको दाँत माझ्ने ब्रस (टुथब्रस) आयात गरेको छ । २०७९ सालको साउन, भदौ र असोज तीन महिनामा नेपालले उक्त मूल्य बराबरको टुथब्रस आयात गरेको हो ।

बिज्ञापन

भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा कुल १२ करोड २९ लाख ५० हजार रुपैयाँको १ करोड ७ लाख ३१ हजार ५३३ थान टुथब्रस विभिन्न देशबाट नेपाल भित्रिएको छ । नेपालले अष्ट्रेलिया, बंगलादेश, क्यानडा, चीन, भारत, इजरायल, दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड र युनाइटेड अरब इमिरेट्सबाट टुथब्रस आयात गरेको छ ।

बिज्ञापन

नेपालमा सबैभन्दा बढी टुथब्रस भारत र चीनबाट आउने गरेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भारतबाट ९ करोड २ लाख ४७ हजार रुपैयाँ र २ करोड ४० लाख ८४ हजार रुपैयाँको टुथब्रस नेपाल भित्रिएको विभागले जनाएको छ । यस्तै बंगलादेशबाट २० लाख ३८ हजार रुपैयाँ र मलेसियाबाट ५८ लाख ८४ हजार रुपैयाँको टुथब्रस नेपालले बितेको तीन महिनामा आयात गरेको छ ।

विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट १२ करोड ६३ लाख १ हजार रुपैयाँको ९८ लाख ७९ हजार ७०१ वटा टुथब्रस आयात गरेको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते