होमपेज > बागमती प्रदेश सरकारले चालु आवको तीन महिनामा मात्र ६.१९ प्रतिशत बजेट खर्च

बागमती प्रदेश सरकारले चालु आवको तीन महिनामा मात्र ६.१९ प्रतिशत बजेट खर्च

बिज्ञापन
बिज्ञापन

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको जम्मा ६.१९ प्रतिशत मात्र खर्च गरेको छ।

बिज्ञापन

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार साउनदेखि असोज मसान्तसम्मको अवधिमा चार अर्ब १७ करोड ९१ लाख २६ हजार रुपैयाँ खर्च गरिएको छ। चालु आवका लागि प्रदेश सरकारले कुल ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो।

बिज्ञापन

पौडेलका अनुसार चालु खर्चको तुलनामा पुँजीगत खर्च अझै कम देखिएको छ। “पुँजीगत खर्च अपेक्षाकृत न्यून छ, जसले विकास निर्माणका कामहरूमा ढिलाइ हुने संकेत गर्छ,” उनले भने।

प्रत्येक आर्थिक वर्षको सुरुवाती महिनाहरूमा ढिलो प्रक्रिया, ठेक्का सम्झौता तथा प्राविधिक तयारी नपुगेको कारणले पुँजीगत खर्च सुस्त हुने गरेको सरोकारवालाहरू बताउँछन्।

बिज्ञापन

विश्लेषकहरूका अनुसार यथाशीघ्र खर्चको गति बढाउन नसके चालु आवमा पनि विगतका वर्षहरूझैं बजेट कार्यान्वयन प्रभावकारी नहुने चिन्ता बढ्दै गएको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते