होमपेज > तोलाको २ लाख ५० हजार नाघ्दै सुनको मूल्यले तोड्यो रेकर्ड

तोलाको २ लाख ५० हजार नाघ्दै सुनको मूल्यले तोड्यो रेकर्ड

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

नेपाली सुन बजारमा बिहीबार (असोज ३०) सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको छ। यो मूल्य नेपाली सुन बजारको इतिहासमै पहिलोपटक हो, जुन २ लाख ५० हजार रुपैयाँभन्दा माथि पुगेको हो।

बिज्ञापन

यसअघि बुधबार (असोज २९) सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँ थियो। एकैदिनमा सुनको मूल्य २ हजार रुपैयाँले उकालो लागेको हो। मूल्य वृद्धिको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको दर बढ्नु, डलरको भाउमा उतारचढाव र भू-राजनीतिक तनावलाई मानिएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार, बिहीबार चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर ३ हजार २७५ रुपैयाँ पुगेको छ। बुधबार यसको मूल्य ३ हजार २४० रुपैयाँ थियो।

बिज्ञापन

महासंघले अन्तर्राष्ट्रिय बजारका मूल्य, डलर विनिमय दर र आयात लागतको आधारमा दैनिक दर निर्धारण गर्दै आएको छ। मूल्य वृद्धिले सुनचाँदी व्यवसायमा तत्काल प्रभाव पार्ने देखिएको छ भने ग्राहकहरू भने किनमेलमा सतर्क देखिन थालेका छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते