बिज्ञापन
कामना सेवा विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्।
बिज्ञापन
मंगलवार सम्पन्न सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका वरिष्ठ अधिकारीहरू, बैंकका संचालक तथा प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो। कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, तथा वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सत्येन्द्र तिमिल्सिना लगायतको उपस्थिति थियो।
सुदिप आचार्य गत शुक्रवार सम्पन्न बैंकको १९औं वार्षिक साधारणसभाबाट संस्थापक समूह अन्तर्गत सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका थिए। सोही दिन बसेको सञ्चालक समितिको बैठकबाट उनी अध्यक्षमा चयन भएका थिए। वार्षिक साधारणसभावाट संस्थापक समूह अन्तर्गत सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित हुनुभएको थियो ।
बिज्ञापन
उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सत्यन्द्र तिमिल्सीना, विकास बैंकका संचालक र प्रमुख कार्यकारी अधिकृत लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
नेपालको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार कुनै पनि विकास बैंकको अध्यक्ष निर्वाचित भएपछि नेपाल राष्ट्र बैंक समक्ष पद तथा गोपनीयताको सपथ लिनुपर्ने व्यवस्था छ। कामना सेवा विकास बैंकले सुदिप आचार्यको अध्यक्षतामा बैंकको रणनीतिक दिशा, सुशासन, तथा वित्तीय सुदृढीकरणतर्फ अझ सशक्त पहल हुने अपेक्षा व्यक्त गरेको छ।








