अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेलका खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीविरुद्ध दुई लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ।
बिज्ञापन
अख्तियारका अनुसार, खरिदार भण्डारीले काभ्रेपलाञ्चोक साविक दोलालघाट गाविस–७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएका जग्गा धनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका थिए। छानबिनका क्रममा भण्डारीले सो रकम लिएर छुट जग्गा दर्ता प्रक्रिया अघि बढाउने प्रयोजनमा भ्रष्टाचार गरेको प्रमाणित भएको अख्तियारले जनाएको छ।
बिज्ञापन
यसअनुसार, अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम मुद्धा दायर गर्दै दुई लाख रुपैयाँ बिगो माग गरेको हो। अख्तियारले हालै जग्गा दर्ता प्रक्रिया र मालपोत कार्यालयहरूमा हुने अनियमितता नियन्त्रण गर्न विशेष निगरानी अभियान सञ्चालन गरेको जनाएको छ।








