बिज्ञापन
कुमारी बैंक लिमिटेडले नेपालमा विद्युतीय गतिशीलता (Electric Mobility) लाई सुदृढ बनाउनका लागि Gesellschaft für Internationale Zusammenarbeit (जीआईजेड) GmbH (GIZ Nepal) बीच Sustainable Electric Transport for Nepal (SET4NPL) परियोजनाअन्तर्गत समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बिज्ञापन
यस सहकार्यले सार्वजनिक यातायात सञ्चालकहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय माइक्रो र मिनीबस (EMBs) सञ्चालनलाई तीव्र बनाउन सहयोग गर्नेछ। परियोजनाले वित्तीय संयन्त्र र डिजिटल प्रविधिको प्रयोगमार्फत विद्युतीय यातायात प्रणालीलाई थप प्रभावकारी र दिगो बनाउने लक्ष्य लिएको छ।
SET4NPL परियोजना GIZ Nepal र Global Green Growth Institute (GGGI) द्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायतका साझेदार संस्थाहरूसँगको सहकार्यमा कार्यान्वयन भइरहेको संयुक्त पहल हो। यो परियोजना Mitigation Action Facility (MAF) को आर्थिक सहयोगमा सञ्चालित छ, जसअन्तर्गत करिब तीन हजार पाँच सय विद्युतीय मिनीबस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
बिज्ञापन
यस कार्यक्रमले परम्परागत इन्धनमा आधारित सवारीसाधनहरूलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै नेपालमा सफा, हरित र दिगो सार्वजनिक यातायात प्रणालीको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। परियोजनाअन्तर्गत सार्वजनिक यातायातलाई अझ सजिलो, सुरक्षित र स्मार्ट बनाउन मोबाइल एप्लिकेशन, GPS डिभाइस, LED रुट डिस्प्ले र ओपन-लूप ई-टिकटिङ सिस्टम जस्ता डिजिटल सुविधाहरू समेत समावेश गरिएका छन्।
सहकार्य अनुसार, कुमारी बैंकले विशेष ऋण योजना (Loan Package) र प्रारम्भिक डाउन पेमेंटमा अनुदान (Subsidy) उपलब्ध गराउनेछ। जसले विद्युतीय सवारी खरिदलाई थप किफायती र सुलभ बनाउनेछ। विगत २४ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभरका ३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ इकाइ र तीन सय १७ एटिएम मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि दिगो विकास र हरित अर्थतन्त्रलाई समर्थन गर्ने यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।








