होमपेज > कामना सेवा विकास बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न, १५.७८ प्रतिशत लाभांश पारित

कामना सेवा विकास बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न, १५.७८ प्रतिशत लाभांश पारित

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

कामना सेवा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा बिहीबार काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको छ।

बिज्ञापन

बैंकका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले लेखा परीक्षकको प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफानोक्सान बाँडफाँट विवरण लगायतका वित्तीय विवरण सर्वसम्मतिले पारित गरेको छ।

बिज्ञापन

त्यस्तै, आगामी चार वर्षका लागि सञ्चालक समितिमा संस्थापक समूहबाट सुदीप आचार्य, भीमप्रसाद तुलाचन र चतुराखर अधिकारी तथा सर्वसाधारण समूहबाट बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा निर्विरोध निर्वाचित भएका छन्।

सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षक नियुक्त गर्न एन.बी.एस.एम एण्ड एसोसिएट्सलाई नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ।

कार्यक्रममा शेयरधनीहरूले राखेका प्रश्नहरूको उत्तर अध्यक्ष आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए।

थकालीले बैंकले विगतमा निरन्तर दोहोरो अंकमा लाभांश वितरण गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा संस्थालाई अझ दिगो र नाफामुखी बनाउन प्रतिबद्धता व्यक्त गरे।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते