भरतपुर महानगरपालिका–२२ अम्रेलास्ट्रिट नजिकै गएराति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
बिज्ञापन
गएराति करिब १ बजेको समयमा बागमती प्रदेश ०२–०५१ प १०२१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिँदा चालक भरतपुर–२२ बस्ने वर्ष ३१ को अशोक भुजेल गम्भिर घाईते भएका थिए। उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराति २ः१३ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
बिज्ञापन
मोटरसाइकल धनी भने अर्कै व्यक्ति भएको खुलेको छ। मोटरसाइकल र मोटरसाइकल धनी भरतपुर–२२ बस्ने २२ वर्षीय सुदीप आले मगरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।








