होमपेज > सकारात्मक सर्किटपछि नेप्से २१ अंकले बढ्यो सेयर बजार, कतिको भयो कारोबार?

सकारात्मक सर्किटपछि नेप्से २१ अंकले बढ्यो सेयर बजार, कतिको भयो कारोबार?

बिज्ञापन
बिज्ञापन

आज बिहीबारको सेयर बजार सकारात्मक संकेतसहित सकिएको छ। दिनको सुरुवातमै तीव्र वृद्धि देखाएको बजार अन्त्यमा २२.५९ अंकले बढेर २५८२.१८ विन्दुमा बन्द भएको हो।

बिज्ञापन

बजार खुलेको पहिलो तीन मिनेटमै ४ प्रतिशतले उकालो लागेको नेप्से परिसूचक ‘सकारात्मक सर्किट’ लागेर २० मिनेटका लागि बन्द भएको थियो। त्यसपछि कारोबार सामान्य बन्दै बजार सम्हालिएको देखियो।

बिज्ञापन

बजार उकालो लागे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ। बिहीबार कूल ५ अर्ब २७ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन अघिल्लो दिनको ५ अर्ब ७६ करोड रुपैयाँभन्दा कम हो।

नेप्सेका अनुसार बिहीबार २०० कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ४१ कम्पनीको सेयर घटेको छ। १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

बिज्ञापन

यस दिन सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको सेयरमा भएको छ। कम्पनीको २७ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो।

कारोबार भएका १३ वटा समूहमध्ये व्यापार समूहको परिसूचक भने १.४८ प्रतिशतले घटेको छ। अन्य अधिकांश समूहले सकारात्मक प्रदर्शन गरेका छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते