नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको हो ।
बिज्ञापन
आज (बिहिबार) उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा भने उपस्थित छैनन् ।
बिज्ञापन
जेनजी आन्दोलनका क्रममा सभापति देउवा दम्पतिलाई भदौ २४ गते आन्दोलनकारीले आफ्नै निवास बुढानीलकण्ठमा घरबाट बाहिर निकाली कुटपिट गरेका थिए । त्यसपछि ३० दिनदेखि सभापति देउवा सार्वजनिक रूपमा देखिएका छैनन् ।








