बिज्ञापन
धितोपत्र दोस्रो बजारको मापक नेप्से परिसूचक बुधबार ४५.३६ अंकले घटेर २,५५९.५९ विन्दुमा पुगेर बन्द भएको छ। यो मंगलबारको तुलनामा १.७४ प्रतिशतको गिरावट हो।
बिज्ञापन
तर, परिसूचक घटेपनि कारोबार रकममा उल्लेखनीय वृद्धि देखिएको छ। मंगलबार चार अर्ब ६२ करोड ९० लाख रुपैयाँको कारोबार भएकोमा बुधबारको कारोबार रकम एक अर्ब १३ करोड ३६ लाख रुपैयाँले बढेर पाँच अर्ब ७६ करोड २७ लाख रुपैयाँ पुगेको छ।
आजको कारोबारमा १८ कम्पनीको सेयर मूल्य बढेको छ भने २३२ कम्पनीको सेयर मूल्य घटेको छ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर मूल्य स्थिर रह्यो। यसदिन ९ वटा कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ। सबैभन्दा बढी सेयर कारोबार भएको कम्पनी नेपाल पुनर्बिमा कम्पनी रह्यो, जसको २६ करोड १६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो।
बिज्ञापन
आज कारोबार भएका १३ वटै समूहको परिसूचकमा गिरावट आएको छ। तीमध्ये फाइनान्स समूह सबैभन्दा बढी प्रभावित भयो, जसको परिसूचक ३.०९ प्रतिशतले घट्यो।
बजार विश्लेषकहरूका अनुसार, राष्ट्र बैंकद्वारा सेयर धितो कर्जाको एकल सीमा हटाइएको भए पनि लगानीकर्तामा अल्पकालीन अन्योल देखिएको छ, जसको असर बजारमा परेको हुनसक्ने अनुमान गरिएको छ।








