बिज्ञापन
लाङटाङ ट्रेकिङका क्रममा भक्तपुरका चार जना खोल्सा तर्ने क्रममा बगेर बेपत्ता भएका छन्।
बिज्ञापन
भक्तपुरबाट १६ जनाको समूह शुक्रबार लाङटाङ ट्रेकिङका लागि हिँडेको थियो। सो समूहका चार जना शनिबार गोसाइँकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोल्सामा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए।
उनका अनुसार खोल्सा तर्ने क्रममा आठ जनालाई बगाएकोमा चार जना सम्पर्कमा आएका छन् भने चार जना अझै बेपत्ता छन्। बेपत्ता हुनेहरूमा संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ (मध्यपुर ठिमी नगरपालिका) र रवि श्रेष्ठ (भक्तपुर–१०) रहेका छन्।
बिज्ञापन
अविरल वर्षाका कारण खोल्सामा पानीको बहाव बढेको बेला पालैपालो तर्ने क्रममा उनीहरू बगेका हुन्। घटनास्थलमा प्रहरी र स्थानीयको टोली पुगेर बेपत्ताको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ।








