बिज्ञापन
अविरल वर्षाका कारण इलामका विभिन्न स्थानमा गएको पहिरोमा परी १८ जनाको मृत्यु भएको छ। हिजो र आज विभिन्न स्थानमा गएको पहिरोका कारण जनधनको ठूलो क्षति भएको प्रहरीले जनाएको छ।
बिज्ञापन
कोसी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपक पोखरेलका अनुसार पहिरोमा परेर घाइते भएकी एक गर्भवतीलाई उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर खटाइएको छ। माङसेबुङकी ती गर्भवतीलाई उद्धार गर्न क्याप्टेन भुपेन्द्र शाहीको नेतृत्वमा टोली त्यसतर्फ प्रस्थान गरेको उनले जानकारी दिए।
इलाम जिल्लाको सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५, माङसेबुङ गाउँपालिका–१ पाटीगाउँमा ३, देउमाई नगरपालिका–५ धारेमा १, सोही वडाको धुसुनेमा २, फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ र इलाम नगरपालिका–५ घोसगाउँमा ६ जनाको मृत्यु भएको एसएसपी पोखरेलले बताए।
बिज्ञापन
प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले घटनास्थलमा उद्धार तथा खोजकार्य तीव्र रूपमा जारी राखेको छ।








