बिज्ञापन
तमोर कोरिडोरअन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन्।
बिज्ञापन
ताप्लेजुङबाट धरानतर्फ गइरहेको मे १ ज ३०५५ नम्बरको जिप आज दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रूपेश तामाङले जानकारी दिए।
घाइतेहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।
बिज्ञापन
दुर्घटनाको कारण भने खुलेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।








