बिज्ञापन
सर्लाहीको हरिपुवा नगरपालिका–१ हर्दी खोलाको किनारमा माटो खन्दै गर्दा ढिस्कोले पुरिएर चार जनाको ज्यान गएको छ। मृतकहरू सबै महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथाना निवासी रहेका छन्।
बिज्ञापन
मृत्यु हुनेमा ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन्। उनीहरू आज बिहान माटो खनिरहेको अवस्थामा अचानक ढिस्को खस्दा पुरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक प्रवक्ता बलिष्ठर सिंहले जानकारी दिए।
स्थानीयहरूले तुरुन्त उद्धार गरी घाइते अवस्थाका उनीहरूलाई प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो। तर, अस्पताल पुर्याइएपछि चिकित्सकले सबैलाई मृत घोषणा गरेका थिए।
बिज्ञापन
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ भने स्थानीय प्रशासनले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।








