बिज्ञापन
सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीसँग अभद्र व्यवहार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
बिज्ञापन
प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ३६ वर्षीय नेवाङ तामाङ रहेका छन्।
तामाङलाई काठमाडौं महानगरपालिका–१०, बुद्धनगरबाट पक्राउ गरिएको हो। उनी हाल काठमाडौंको बबरमहलमा बस्दै आएका थिए।
बिज्ञापन
सडकमा खटिएका प्रहरीमाथि उनले अपशब्द प्रयोग गरेको भिडियो ‘भाइरल’ भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।








