होमपेज > सुदन गुरुङ भन्छन् : जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु

सुदन गुरुङ भन्छन् : जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु

बिज्ञापन
बिज्ञापन

प्रधानमन्त्रीमा सुशीला कार्कीको राजीनामा माग गर्दै सुदन गुरुङ समूहले बालुवाटार घेराउ गरेको छ । मन्त्री छनौटप्रति असहमति जनाउँदै सो समूहले प्रधानमन्त्री कार्कीविरुद्ध नाराबाजी गरेको हो ।

बिज्ञापन

जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतलाई लिएर बालुवाटार पुगेका सुदन गुरुङ समूहले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका थिए ।

बिज्ञापन

सुदन नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरूकै प्रस्तावमा सुशीला कार्की गत शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।गुरुङ गृहमन्त्री बन्ने सामाजिक सञ्जालमा चर्चा थियो । तर, आइतबार साँझ तीन मन्त्री छनौट हुँदा ओमप्रकाश अर्याललाई गृहको जिम्मेवारी दिइएको छ ।

गुरुङले ओमप्रकाश अर्याललाई मन्त्री बनाइएको भन्दै तीव्र आक्रोश व्यक्त गरेका थिए। फेरि आन्दोलन हुन सक्ने चेतावनी दिएका थिए। गुरुङले भनेका छन्, ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’

बिज्ञापन

युवाहरु नाराबाजीमा उत्रिएपछि प्रधानमन्त्री निवास बालुवाटार अगाडि सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो । आन्दोलनको नेतृत्व आफूहरूले गरेको तर,अरुले ‘हाइज्याक’ गरेको असन्तुष्ट समूहको आरोप छ ।

पदभार ग्रहण गरेकै दिन आइतबार प्रधानमन्त्री कार्कीले अधिवक्ता एवं अधिकारकर्मी ओमप्रकाश अर्याललाई गृहका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय र कुलमान घिसिङलाई तीनवटा मन्त्रालय–भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेकी हुन्।

उनले यी नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिसकेकी छन्। उनीहरूको शपथ आज गराउने तयारी रहेको सोमबार हुने शीतल निवास स्रोतले जानकारी दिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते