होमपेज > सूर्यज्योति लाइफ इन्स्योरेन्सको डीसीईओमा फर्शुराम मरासिनी नियुक्त

सूर्यज्योति लाइफ इन्स्योरेन्सको डीसीईओमा फर्शुराम मरासिनी नियुक्त

बिज्ञापन
बिज्ञापन

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फर्शुराम मरासिनीलाई नायब प्रमुख कार्यकारी अधिकृत (Deputy CEO) पदमा नियुक्त गरेको छ। कम्पनी सञ्चालक समितिको भदौ १८ गते बसेको बैठकको निर्णयअनुसार उनलाई भदौ १९ गतेदेखि लागू हुने गरी चार वर्षको लागि उक्त जिम्मेवारी दिइएको हो।

बिज्ञापन

मरासिनी विगत ८ वर्षदेखि कम्पनीमा नायब महाप्रबन्धक (Deputy General Manager) को रूपमा कार्यरत थिए। जीवन बीमा क्षेत्रमा उनको लामो अनुभव र व्यवस्थापन क्षमताको कदर गर्दै कम्पनीले उनलाई उच्च पदमा नियुक्त गरेको जनाएको छ।

बिज्ञापन

कम्पनीका अनुसार, मरासिनीको नियुक्तिले सूर्यज्योति लाइफलाई अझ व्यवस्थित, दिगो र प्रतिस्पर्धी बनाउने विश्वास लिइएको छ। संस्थाले विज्ञप्तिमार्फत भनेको छ, “उहाँको अनुभव, प्रतिबद्धता र नेतृत्व क्षमताले कम्पनीको भावी वृद्धि र सेवामा सकारात्मक प्रभाव पार्नेछ।”

सूर्यज्योति लाइफ इन्स्योरेन्स हाल देशभर फैलिएको शाखा सञ्जालमार्फत बीमा सेवा प्रदान गर्दै आइरहेको छ, र बीमा बजारमा आफ्नो सशक्त उपस्थिति बनाउँदै ल्याएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते