नेपाल विद्युत् प्राधिकरण (नेविप्रा) ले देशभर विभिन्न तहमा कार्यरत ठूलो संख्यामा कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। प्राधिकरणको २०८२ भदौ २० र २२ गतेको निर्णयअनुसार वितरण केन्द्र, प्रदेश कार्यालय, महाशाखा तथा आयोजना कार्यालयहरूमा कार्यरत प्राविधिक र प्रशासनिक जनशक्तिलाई पुनःव्यवस्थित गरिएको हो।
बिज्ञापन
प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार, उप–प्रबन्धक (तह ९) अवधेश कुमार दुवे वीरगञ्ज वितरण केन्द्रबाट जनकपुर वितरण केन्द्रमा सरुवा भएका छन्।
बिज्ञापन
त्यस्तै, इन्द्रबहादुर जिसि नुवाकोट वितरण केन्द्रबाट खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशप शाखामा, उमेशप्रसाद यादव मलंगवा वितरण केन्द्रबाट सिन्धुली वितरण केन्द्रमा, र चुटुन कुमार श्रीवास्तव महेन्द्रनगर वितरण केन्द्रबाट हेटौंडा वितरण केन्द्रमा सरुवा भएका छन्।
सहायक प्रबन्धक (तह ८) र इन्जिनियर (तह ७) तहका कर्मचारीको पनि उल्लेख्य सरुवा भएको छ। प्राधिकरणले उप–प्रबन्धकदेखि इन्जिनियर तहसम्मका कर्मचारीहरूलाई आवश्यकताअनुसार विभिन्न स्थानमा पठाइएको जनाएको छ।
बिज्ञापन
प्राधिकरणका अनुसार, यो पुनःव्यवस्थापनको उद्देश्य आन्तरिक कार्यसञ्चालनलाई थप प्रभावकारी बनाउनु रहेको छ। प्राधिकरणले सरुवापछि कर्मचारीहरूको कार्यक्षमता र सेवा प्रवाहमा सकारात्मक असर पर्ने विश्वास व्यक्त गरेको छ।








