होमपेज > एनआईएमबी एस क्यापिटलका तीन म्युचुअल फन्डद्वारा लाभांश घोषणा

एनआईएमबी एस क्यापिटलका तीन म्युचुअल फन्डद्वारा लाभांश घोषणा

बिज्ञापन
बिज्ञापन

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा प्रवर्द्धन गरिएको एनआईएमबी एस क्यापिटलले सञ्चालन गर्दै आएको तीनवटा क्लोज-एन्डेड म्युचुअल फन्डले लाभांश घोषणा गरेको छ।

बिज्ञापन

क्यापिटलले सञ्चालन गर्दै आएको एनआईबीएल ग्रोथ फन्ड, एनआईबीएल समृद्धि फन्ड–२ र मेगा म्युचुअल फन्ड–१ ले आफ्नो इकाईधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। एनआईबीएल ग्रोथ फन्डले करसहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ, जसअनुसार उक्त फन्डका लगानीकर्ताले कुल १३ करोड २० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

बिज्ञापन

त्यस्तै, मेगा म्युचुअल फन्ड–१ ले ११.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ। यस अनुसार फन्डका इकाईधनीले करसहित १४ करोड ६८ लाख ७५ हजार रुपैयाँ पाउनेछन्। एनआईबीएल समृद्धि फन्ड–२ ले भने करसहित ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ, जसअनुसार इकाईधनीले कुल १० करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

एनआईएमबी एस क्यापिटलले नगद लाभांश प्राप्त गर्न भदौ २७ गते बुकक्लोज मिति तोकेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते