होमपेज > “पठाओ दशैं महोत्सव–२०८२”मा तीन जनालाई मोटरसाइकल जित्ने अवसर

“पठाओ दशैं महोत्सव–२०८२”मा तीन जनालाई मोटरसाइकल जित्ने अवसर

बिज्ञापन
बिज्ञापन

पठाओ नेपालले विगत वर्षझैँ यस वर्ष पनि “पठाओ दशैं महोत्सव-२०८२” सुरु गरेको छ। कम्पनीका अनुसार महोत्सव भाद्र १७ गतेदेखि असोज ६ गतेसम्म सञ्चालन हुनेछ।

बिज्ञापन

यस विशेष अभियानमार्फत पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोलाई बढी आम्दानी गर्ने अवसर प्रदान गरिने कम्पनीले जनाएको छ। दशैं महोत्सव अहिलेका लागि काठमाडौँ उपत्यकामा मात्र सञ्चालन गरिएको भए पनि सहभागिताको स्तर हेरेर यसलाई भविष्यमा विस्तार गर्ने तयारी रहेको बताइएको छ।

बिज्ञापन

महोत्सव अवधिभर चालकहरूलाई दैनिक १ प्रतिशतसम्म कमिसन छुट उपलब्ध हुनेछ। जसअनुसार अधिक राइड वा डेलिभरी गर्नेहरूले क्रमशः कमिसन दर घटाउँदै लैजाने र अन्ततः १ प्रतिशतसम्म पुग्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

महोत्सवको अन्त्यमा आयोजना हुने लक्की ड्रमार्फत धेरै राइड वा डेलिभरी गर्ने सहभागीहरूमध्ये तीन जनाले टी भी एस रेडियन एफ आई मोटरसाइकल जित्ने अवसर पाउनेछन्। यसका लागि सहभागिहरूले २१ दिनभित्र कम्तीमा १७० राइडरडेलिभरी पूरा गर्नुपर्ने र कम्प्लिसन रेट वा सक्सेस रेट न्यूनतम ७० प्रतिशत कायम गर्नुपर्ने शर्त तोकिएको छ।

बिज्ञापन

यस्तै, महोत्सव अवधिभर पठाओ राइडर बन्न इच्छुक नयाँ सहभागीहरूका लागि निस्शुल्क दर्ता सुविधा पनि उपलब्ध गराइएको छ। पठाओ नेपालले दशैं महोत्सवलाई रोजगारीमा सशक्तीकरण, मेहनतको सम्मान र चालकहरूको आम्दानीमा नयाँ स्तर थप्ने उद्देश्यसहित अघि सारेको जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते