होमपेज > नयाँ फिचरसहित शाओमीले गर्यो रेड्मी १५ र रेड्मी १५सी सार्वजनिक

नयाँ फिचरसहित शाओमीले गर्यो रेड्मी १५ र रेड्मी १५सी सार्वजनिक

बिज्ञापन
बिज्ञापन

विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेड्मी १५ र रेड्मी १५C नेपालमा सार्वजनिक गरेको छ । यी दुवै स्मार्टफोन अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र नयाँ फिचरसहित उपभोक्तालाई उत्कृष्ट अनुभव दिलाउने उद्देश्यले बजारमा सार्वजनिक गरेको हो ।

बिज्ञापन

रेड्मी १५ : शक्तिशाली ब्याट्री र प्रिमियम डिजाइन :

बिज्ञापन

रेड्मी १५ विशेषगरी लामो समयसम्म ब्याट्री र उत्कृष्ट प्रदर्शन चाहने उपभोक्तालाई लक्षित गरिएको छ । यसमा ७००० mAh क्षमताको विशाल ब्याट्री छ, जुन सजिलै दुई दिनसम्म टिक्न सक्छ । यसमा रहेको ३३W फास्ट चार्जिङ सुविधाले छोटो समयमा चार्ज गर्न सकिन्छ भने १८W रिभर्स चार्जिङ सुविधाका कारण आपतकालीन अवस्थामा पावर बैंकको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

यसको ६.९ इन्चको FHD+ डिस्प्ले रहेको र १४४Hz रिफ्रेस रेटले अत्यन्तै सजिलो अनुभव प्रदान गर्दछ । TÜV Rheinland ट्रिपल आई-केयरको सुविधा भएकाले आँखाको सुरक्षामा मद्दत गर्छ भने आकर्षक क्वाड-कर्भ डिजाइनले फोनलाई सजिलै समात्न र प्रयोग गर्न सहज बनाएको छ । साथै, IP64 सुरक्षाले सामान्य धुलो र पानीका छिटाबाट समेत सुरक्षित राख्छ ।

बिज्ञापन

फोटोग्राफी प्रेमीहरूका लागि यसमा ५०MP एआई डुअल क्यामेरा प्रणाली र ८MP फ्रन्ट क्यामेरा उपलब्ध छ । शक्तिशाली Snapdragon 685 चिप, उन्नत HyperOS 2 र Google Gemini का साथ यसले गेमिङदेखि मल्टिटास्किङसम्म चलाउन सहजता सुनिश्चित गर्छ । साथै, यसमा २TB सम्मको एक्सप्यान्डेबल स्टोरेजको सुविधा पनि छ ।

रेड्मी १५C : आकर्षक र स्मार्ट :

रेड्मी १५C आफ्नो ७.९९mm स्लिम र प्रिमियम डिजाइनका कारण आकर्षक देखिन्छ । यो रेड्मी १५ भन्दा अलि स्लिम भए पनि यसमा रहेको ६०००mAh क्षमताको ब्याट्रीले दिनभरि टिक्ने क्षमता राख्छ । यसमा ३३W फास्ट चार्जिङ र १०W रिभर्स चार्जिङ सुविधा रहेको छ । साथै, कम्पनीले यसमा २ वर्षको वारेन्टी उपलब्ध गराएको छ ।

यसमा ६.९ इन्चको HD+ डिस्प्ले र १२०Hz रिफ्रेस रेट रहेको छ, जसले गेमिङ र स्क्रोलिङलाई अझै सहज बनाउँछ । MediaTek Helio G81-Ultra प्रोसेसरले द्रुत र स्थिर प्रदर्शन सुनिश्चित गर्छ । यसमा पनि ५०MP एआई डुअल क्यामेरा र ८MP फ्रन्ट क्यामेरा उपलब्ध छन्, जसले पोर्ट्रेट वा नाइट मोडसहितका उत्कृष्ट फोटो खिच्न सक्षम बनाउँछ ।

रेड्मी १५C मा पनि १TB सम्मको एक्सप्यान्डेबल स्टोरेज सुविधा, नवीनतम् HyperOS 2 र Google AI का Circle to Search तथा Gemini जस्ता स्मार्ट फिचरहरू उपलब्ध छन् । साथै, IP64 सुरक्षासहित यो फोन धुलो र पानीका छिटाबाट सुरक्षित रहन्छ । नयाँ स्मार्टफोनले उत्कृष्ट ब्याट्री लाइफ, उत्कृष्ट प्रदर्शन, आकर्षक डिजाइन र स्मार्ट फिचरसहित नेपाली उपभोक्तालाई सेवा प्रदान गर्ने शाओमीले विश्वास व्यक्त गरेको छ ।

विभिन्न आकर्षक रंगमा उपलब्ध :

रेड्मी १५ तीन आकर्षक रंगमा उपलब्ध छ — Sandy Purple, Titan Gray र Midnight Black । यस्तै, रेडमी १५C तीन चम्किला रंगमा उपलब्ध छ — Midnight Black, Moonlight Blue र Mint Green ।

मूल्य र भेरियन्ट :

रेड्मी १५
– ६GB + १२८GB : रु. १८,९९९
– ८GB + २५६GB : रु. २१,९९९
रेड्मी१५C
– ४GB + १२८GB : रु. १४,९९९
– ६GB + १२८GB : रु. १६,४९९
– ८GB + २५६GB : रु. १८,९९९

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते