बिज्ञापन
रोल्पा । १० वर्षे सशस्त्र द्वन्द्वको घाउ अझै पुरिन सकेको छैन। युद्धका दिनमा थला परेको गाउँ आजसम्म विकासका आधारभूत सुविधाबाट वञ्चित छ।
बिज्ञापन
रोल्पा जिल्ला सुनछहरी गाउँपालिका–७ स्थित जेलबाङको डम्फु गाउँदेखि सुलकबाङ गाउँ जोड्ने धुम्तरा खोलामा हालसम्म स्थायी पुल नबन्दा स्थानीय बासिन्दा दिनहुँ सास्ती खेप्दै आएका छन्।

बिज्ञापन
हिउँदमा कुनै किसिमले आवतजावत सहज भए पनि वर्षायाम शुरु भएलगत्तै खोलाले गाउँलाई दुई टुक्रा बनाइदिन्छ। खोलाको उग्र बहावका कारण बालबालिकादेखि वृद्धवृद्धासम्म दैनिक जोखिमपूर्ण यात्रामा बाध्य छन्।
श्री जन जाग्रिती प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्। विद्यालय जाने बाटो धुम्तरा खोलामार्फत मात्रै सम्भव हुने भएकाले वर्षायाममा उनीहरूको अध्ययन निरन्तरता टुट्ने गरेको छ।

कतिपय अभिभावकहरूले त बच्चाको ज्यान बचाउन विद्यालय जान नै रोकिदिने गरेको पनि बताउँछन्।








